• जेष्ठ २ २०८३, शनिबार

निलम्बित प्रधानन्यायाधीश जबरामाथि कारबाही अगाडी बढाउन अख्तियारलाई पत्रचार

श्रावण ११ २०७९, बुधबार

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि कारबाही अगाडी बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिएको छ ।

कायममुकायम(कामु) प्रधानन्यायाधीश दीपककुमार कार्कीको सचिवालयले जबराको निर्णयविरुद्ध अनुसन्धान गर्ने बाटो खुला गर्दै ‘१५ दिनभित्र कारबाही अघि बढाउन’ भन्दै अख्तियारलाई पत्राचार गरेको हो । कारबाहीको पत्र आएको अख्तियार आयोगको उच्च स्रोतले जनाएको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले यो विषय प्रक्रियामा नै रहेको र यसबारे थप जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।