काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
उपचारको क्रममा लामो समयदेखि भारतको दिल्लीमा रहेकी देउवा र चौथाइवालेबीच आज भेटघाट भएको हो । छ महिनापछि दिल्लीमा भेटघाट भएको चौथाइवालेले बताएका छन् ।
चौथाइवालेले भेटघाटको तस्विर आफ्नो ट्वीटरमा राखेका छन् । भजपाका विदेश विभाग प्रमुख चौथाइवाले नेपाल भ्रमणमा आएको बेला आरजु देउवाले चौथाइवालेलाई राखी बाँधेकी थिइन् ।
हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाजपाको निमन्त्रणमा दिल्ली गएको बेला आरजु देउवाले पनि भेटघाट गरेका थिए । प्रचण्ड र देउवाबीच भएको भेटघाटलाई लिएर नेपालमा विभिन्न टिकाटिप्पणी भएको थियो ।