• जेष्ठ २ २०८३, शनिबार

मौसमी पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

श्रावण ११ २०७९, बुधबार

काठमाडौं । मनसुनी न्यून चापीय रेखा दक्षिण तिर अवस्थित रहेकोले वर्षाको प्रभाव रोकिएको छैन ।

प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका हिमाली, उच्च पहाडी तथा पहाडी भूभागका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती देशका केही स्थानहरूमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सो क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिमको सम्भावना छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले बुलेटिनमार्फत आग्रह गरिएको छ ।