काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको बिग्रँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेकी छिन् ।
मंगलबार सञ्चारमाध्यमहरूका सम्पादकहरूसँग छलफल गर्दै राष्ट्रपति भण्डारीले खोक्रो अर्थतन्त्रले प्रजातन्त्र बलियो नहुने बताउदै समाजवादउन्मुख अर्थव्यवस्थामा राष्ट्रिय सहमतिको खाँचो औल्याएकी छिन् ।
‘अति भो, हेर्नुस् त १७ खर्बको व्यापारघाटा,’ उनले भनिन्, ‘व्यापारघाटाले अर्थतन्त्र टाउकाले टेकेर हिँड्न थाल्यो । छिट्टै आफ्नै खुट्टाले टेकेर हिँड्ने बनाउनुपर्छ ।’
आम नागरिकको उच्च मनोबल, स्वाभिमान, राष्ट्रिय सुरक्षा र परराष्ट्र नीति ठीक गर्न पनि अर्थतन्त्रले आफ्नै खुट्टामा टेक्नुपर्ने बताउदै प्रजातन्त्र बलियो बनाउन पनि अर्थतन्त्र बलियो हुनुपर्ने धारणा व्यक्त गरेकी छन् ।