काठमाडौं । पशुपतिनाथ मन्दिरको परिसरमा अतिरुद्र महायज्ञ जारी छ । महायज्ञमा सक्रिय बलात्कारको आरोप मुद्दा लागेका सिद्धबाबालाई महायज्ञस्थलमै एक महिलाले बलात्कारी भन्दै नाराबाजी गरेकी छन् ।
मंगलबार महायज्ञ चलिरहेको ठाउँमा पुगेर तत्कालीन सभामुख कृष्ण बहादुर महराविरुद्ध मुद्दा दर्ता गरेकी रोशनी शाहीले सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै नारावाजी गरिन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार शाहीले गिरीलाई ‘बलात्कारी’ भनेकी थिइन् । लगत्तै नजिकै रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला अदालत, सुनसरीमा सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध बलात्कारको आरोपको मुद्दा दर्ता भएको थियो । मुद्दा विचाराधीन छ ।
अहिले प्रहरीले शाहीलाई छाडिसकेको छ ।