काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ ।
आज (मंगलबार) दिउँसो देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।
देशभर सामान्य बदली रहनेछ । हिमाली उच्च तथा पहाडी भूभागका स्थान र अन्य भूभागका स्थानमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यस्तै प्रदेश १ का केही स्थानमा भारी वर्षा हुने उक्त विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सतर्क रहन उक्त विभागले आग्रह गरेको छ ।
आज बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।