काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारका हत्या आरोपी कारागार चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंले सुनारकै प्रेमी भनिएका सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।
प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको हुनसक्ने बताइए पनि विस्तृत अनुसन्धान गर्दा हत्या भएको खुलेपछि कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता गरिएको थियो।
२५ दिन लामो अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरी वृत्त बालाजुले फाइल बुझाएको थियो। फाइल अध्ययन गरिसकेपछि गत बिहीबार मुद्दा दर्ता गरिएको हो। असार ११ गते गायिका सुनार नेपालटारस्थित आफ्नै कोठामा गायिका सुनार मृत भेटिएकी थिइन् । घटनाको अनुसन्धान गर्दै जादाँ हत्या भएको खुलेपछि प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो ।