काठमाडौं । आज देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहने छ ।
यद्यपि प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बाँकी प्रदेशका अधिकांश स्थानमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज (सोमबार) देशको हिमाली, उच्च पहाडी तथा महाडी भूभागका केही स्थानहरूमा केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उक्त विभागले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ ।