• जेष्ठ २ २०८३, शनिबार

कल सेन्टरमा काम गर्ने सञ्चालकसहित १५० जना युवा-युवती पक्राउ

श्रावण ८ २०७९, आईतवार

बुटवल । प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा काम गर्ने १५० जना युवायुवतीलाई पक्राउ गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आइतबार छापा मारी कलसेन्टरका सञ्चालकसहित १५० जना युवायुवतीलाई पक्राउ गरेको हो ।

तिलोत्तमाको जानकीनगरस्थित भवनमा तीन वटा फ्ल्याट भाडामा लिइ कल सेन्टर सञ्चालन गरिएकोमा कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको अनुसन्धानबाट खुलेपछि इलाका प्रहरी कार्यालय बुटवलले छापा मारेको हो ।  पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको हो ।