काठमाडौं । गुल्मीबाट बुटवलतर्फ गइरहेको बस पाल्पाको लघुवामा दुर्घटना भएको छ । गुल्मीबाट हिँडेको लु १ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका २ लघुवामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले दिएको जानकारी अनुसार बस सडकदेखि करिब सय मिटर तल खसेको छ । दुर्घटनामा ५ जना प्रहरीले उद्धार गरेका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी थापाले जानकारी दिए ।