• बैशाख २६ २०८३, शनिबार

सदनमा जानै छाडे सांसद : गणपूरक संख्या नपुगेपछि बैठक स्थगित

श्रावण ८ २०७९, आईतवार

काठमाडौं । प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

कारागार विधेयकमाथिको छलफलपछि निणर्यार्थ प्रस्तुत गरिनुअघि सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए ।

यसपछि तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या एकीन गर्दा अपुग देखिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

कुनै पनि प्रस्ताव निणर्यार्थ प्रस्तुत गरिनुअघि एक चौथाइ सदस्य ६९ जना हुनुपर्नेमा बैठकमा ६७ जना उपस्थित रहेपछि बैठक स्थगित गरिएको हो ।