• जेष्ठ २ २०८३, शनिबार

कारोना संक्रमणको दर बढ्दै ,थप ३४७ मा कोरोना संक्रमण, दुईको मृत्यु

श्रावण ८ २०७९, आईतवार

काठमाडौं । पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

३ हजार ८ सय ८८ को नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ३०३ र एन्टिजेन विधिमार्फत् ४४ मा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ ।

पछिल्लो समय संक्रमण बढेसँगै नेपालमा २४ घण्टाभित्र​ कोनाको सक्रिय संक्रमित ३ हजार १७७ पुगेका छन् ।

सो अवधिमा ९५ जना डिस्चार्जसमेत भएका छन् ।