काठमाडौं । शुक्रबारदेखि मनसुनको न्यून चापीय रेखा नियमित भन्दा केही दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकारी दिएको छ ।
जसको प्रभावले लुम्बिनी, गण्डकी र प्रदेश १ का केही भूभागमा सामान्यदेखि पूर्णबदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको छ । देशका अन्य भने भूभागमा आंशिकदेखि सामान्य बदली रहेको उक्त महाशाखाले बुलेटिनमार्फत जानकारी गराएको छ ।
आज दिउँसो देशको केही स्थानहरूमा चट्याङ् सहित हल्का वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १ को केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
देशको हिमाली, उच्च् पहाडी तथा पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।