• बैशाख २६ २०८३, शनिबार

अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने गृहमन्त्री खाँणको प्रतिबद्धता

श्रावण ७ २०७९, शनिबार

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले अपाङ्गता भएकाहरुको लागि सरकारले बजेटको मात्रा बढाउने प्रतिबद्धता जनाएका छन् ।

शनिवार काठमाडाैंमा भएको विपदमा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै खाँणले नेपालमा अपाङ्गहरुको संख्या धेरै रहेको र अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताए ।

गृहमन्त्री खाँणले आर्थिक र शारीरिक रुपमा कमजोर रहेकालाई समान स्तरमा ल्याउन सानैबाट स्कुलिङ हुन जरुरी रहेको बताए । नेपालका आधुनिक कार्यालयहरु अझैपनि अपाङ्गमैत्री हुन नसकेको भन्दै सरकारले पछिल्लो समय सरकारको सबै कार्यालयहरुमा अपाङ्गमैत्री भवन बनोस् भन्ने गृहमन्त्री खाँणले निर्देशन गरिसकेको बताए ।