• बैशाख २४ २०८३, बिहीबार

राप्रपा केन्द्रीय कार्यसमिति बैठक: संविधानमा परिवर्तन अपरिहार्य (निर्णयसहित)

श्रावण ७ २०७९, शनिबार

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले संविधानमा परिवर्तन अपरिहार्य भएको निष्कर्ष निकालेको छ ।

राप्रपाको साउन ५,६ र ७ गते बसेको बैठकले प्रजातन्त्रको रक्षा, राजनीतिक स्थायित्वका लागि संविधानमा परिवर्तन अपरिहार्य रहेको निष्कर्ष निकालेको हो । वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिमार्जन गर्नुपर्ने निर्णय गरेको हो ।

राप्रपाले हिन्दु अधिराज्य स्थापनाका लागि जारी आन्दोलनलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।