• बैशाख २६ २०८३, शनिबार

भारत भ्रमणमा आरजुसंगको भेटबारे प्रचण्डको प्रष्टोक्ती- ‘गिरोहले गरेको आपराधिक हल्ला’

श्रावण ७ २०७९, शनिबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारत भ्रमणमा हुँदा प्रधानमन्त्री पत्नी आरजु राणासँगको आफ्नो भेटलाई षड्यन्त्रपूर्वक प्रचार गरिएको बताएका छन् ।

शनिबार जनकपुरमा सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै प्रचण्डले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको भन्दै गिरोहले गरेको आपराधिक हल्ला मात्र भएको बताए ।

निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने सहमति भएको कुरा ‘गिरोहले गरेको आपराधिक हल्ला’ भएको बताउदै प्रचण्डले भने-`आरजु उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो, उहाँको स्वास्थ्य लाभको कामना गरेको हो । त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रियस्तरमा पनि प्रचार भएछ । यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमूलक कुराबाट जोगिनुहोला ।’