• बैशाख २४ २०८३, बिहीबार

विदेशी शक्तिले एमालेलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएः एमाले अध्यक्ष ओली

श्रावण ७ २०७९, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर बनाउन विदेशी शक्तिले सत्तारुढ गठबन्धन गरेको बताएका छन् ।

ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

उनले मजदुर वर्ग पक्षय विचारहरुको संवाहक शक्ति नेकपालाई विभाजन पनि देशी/विदेशी शक्तिहरुले गराएको दाबी गरे। मजदुर वर्गको पक्षलाई कमजोर पार्नकै लागि तत्कालीन नेकपा विभाजन गराएको उनको भनाइ छ।