काठमाडौं । आज बसेको प्रतिनिधि सभा बैठकबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ बहुमतले पारित भएकाे छ ।
गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेकाे प्रस्तावमा आज शुक्रवार दिनभरकाे छलफलपछि प्रतिनिधि सभाले बहुमतले पारित गरेकाे हाे ।
विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गरेका थिए ।
विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समयसीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गर्दै वैवाहिक अङ्गीकृत नागरिकताका लागि सात वर्ष समयसीमा तोक्नेबारेमा विगतमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको थियो ।