• बैशाख २६ २०८३, शनिबार

आगामी निर्वाचनबाट देशको नेतृत्व माओवादी केन्द्रले लिने प्रचण्डको दाबी

श्रावण ६ २०७९, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सङ्घ र प्रदेशको निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने दाबी गर्दै अबको नेतृत्व आफ्नै पार्टीले गर्ने बताए ।