• बैशाख २६ २०८३, शनिबार

सरकारले वृद्ध भत्ता पाउने उमेर घटाएको कारण यस्तो पो रहेछ : ओली

श्रावण ६ २०७९, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वृद्ध भत्ताका लागि उमेर घटाउनुको कारणबारे बोलेका छन् । उनले वृद्ध भत्ता पाउने उमेर ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाउनुको कारण चुनाव नजिकिएकोले सरकारले उमेर हद घटाएको आरोप लगाएका छन् ।

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनाव बाहेक अन्य कुनै कारण नभएको दाबी गरे ।

ओलीले अहिले ७० बाट ६८ बनाउनुको कुनै लजिक छ ? भनेर प्रश्न गर्दै चुनाव आउँदैछ भन्ने बाहेक अन्य केही लजिक नभएको बताउदै भने -`यतापट्टि धेरै नजाऊँ । अहिले त मैले धेरैकुरा भनिरहनु पर्लाजस्तो लाग्दैन । हामीले कृषिको उत्पादन कसरी बढाउने, त्यस सन्दर्भमा उद्योगलाई कसरी बढावा दिने ? आठ वटा त हामीले विशेष खालका औद्योगिक क्षेत्र तयार गर्‍यौँ । त्यसमा सुविधाका कुरा अगाडि बढायौँ । र, औद्योगिक क्षेत्रलाई कसरी बढावा दिने, प्राईभेटाईजेसनका नाममा भएका उद्योग बेचेर खाने नीति हामीले लिएनौँ । हामीले निजी क्षेत्रलाई पनि सँगै लिएर हिँड्ने नीति, प्रोत्साहित गर्ने नीति लियौँ तर कौडीमा मोलमा राष्ट्रलाई कंगाल बनाउने काम गरियो ।’