• जेष्ठ २ २०८३, शनिबार

पाँचथरमा बोली नखुलेकी ७ वर्षकी बालिका बलात्कृत

श्रावण ६ २०७९, शुक्रबार

पाँचथर । पाँचथर जिल्लाको फाल्गुनन्दा गाउँपालिकामा एक फरक क्षमताकी बालिका बलात्कृत भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार लेख्न तथा बोल्न नसक्ने ७ वर्षकी बालिका बलात्कृत भएकी हुन् ।

घटना एकसता अघिकै भएपनि बलात्कार भएको पुष्टि भने केही दिन पछि मात्रै भएको हो । पीडित बालिकाकी आमाका अनुसार असार ३२ गते ती बालिका बाटोमा रगताम्मे भेटिएकी थिइन् । त्यसपछि आमाले बालिकालाई लिएर स्वास्थ्यकर्मीकहाँ पुर्याएकी थिइन् ।

स्वास्थ्यकर्मीले चेकजाँच पछि बालिका बलात्कृत भएको जनाएका थिए । त्यसपछि पीडित आमाले प्रहरीमा खबर गरेकी थिइन् ।

उजुरीपछि खटिएको प्रहरीको टोलीले बुधबार फाल्गुनन्द गाउँपालिका ७ कै एक किशोरलाई पक्राउ गरेको छ ।

‘अनुसन्धान गर्ने क्रममा फाल्गुनन्द–७ का १९ वर्षीय एमन सिवाले बालिकामाथि जबरजस्ती करणी गरेको खुलेको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ,’ जिल्ल प्रहरी कार्यालय पाँचथरले भन्यो ।

हाल प्रहरी नियन्त्रणमा रहेका सिवामाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद लिई गरी अनुसन्धान जारी राखिएको पाँचथर प्रहरीले जनाएको छ ।