काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आजबाट हेटौंडामा सुरु हुँदैछ ।
बिहान ११ बजेबाट सुरु हुने महाधिवेशनको तयारी पूर भएको जनाइएको छ भने महाधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउने बताइएको छ ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गिरिजाप्रसाद अधिकारीका अनुसार महाधिवेशनमा युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठानबाट र सात वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ६५० जना सञ्चारकर्मीको सहभागिता रहनेछ ।