• जेष्ठ २ २०८३, शनिबार

पोखरीमा डुबेकी छोरीको उद्धार गर्ने क्रममा बाबुको पनि मृत्यु

श्रावण ५ २०७९, बिहीबार

स्याङजा । स्याङजाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर एकै परिवारका बाबुछोरीको मृत्यु भएको छ ।

बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने बुबा बिन्द्र पोखरीमा पसेका थिए । तर, उनी पनि डुबे ।

तत्काल उद्धार गरी वालिङस्थित प्राथमिक अस्पतालमा पुर्‍याइएकोमा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए । रासस