काठमाडौं । आज (बिहीबार) साँझबाट मसुन कमजोर हुनेछ । मनसुन कमजोर भए पनि प्रदेश–१, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको हिमाली, उच्च पहाडी तथा पहाडी भू–भागका धेरै स्थानमा स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र प्रदेश–१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ ।
बेलेटिनमा उल्लेख गरिए अनुसार आजराति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।