काठमाडौं । लामो समयदेखि नेपाल–चीनबीच रहेको सीमा विवाद अब समाधान हुने भएको छ । दुई देशबीच संयुक्त सीमा अनुगमन गर्ने सहमति भएको हो ।
सीमा मामिलासम्बन्धी भएको भर्चुअल बैठकले दुई देशको सीमाबीच सीमा अनुगमन गर्ने विषयमा सहमति भएको छ । जुलाई १४ मा परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखा प्रमुख र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा सामुद्रिक मामिला विभागका प्रमुखको नेतृत्वमा सीमा अनुगमन गर्ने सहमति गरेको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार आपसी परामर्शद्वारा नेपाल–चीनबीच संयुक्त सीमा निरीक्षण कार्य अघि बढाउने सहमति भएको हो । अनुगमन गर्ने र देखिएका विषयलाई संयुक्तरुपमा प्रतिवेदन तयार हुने उनले जनकारी दिईन्।
परराष्ट्र मन्त्रालयमा आज भएको नियमित पत्रकार भेटघाटका क्रममा प्रवक्ता लम्सालले नेपाल–चीन सीमा केरुङ–रसुवागढी नाकालाई व्यापारका लागि दुईतर्फी खुला गर्ने र हिल्सा नाका एकतर्फीरुपमा खुला गर्ने विषयमा पनि सहमति भएको जानकारी दिए ।
राष्ट्रिय एकता अभियानले हिजो मंगलबार चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको थियो ।