• जेष्ठ २ २०८३, शनिबार

जनार्दन शर्मामाथि छानबिनका लागि विशेष समितिले थप ७ दिनको समय माग्ने निर्णय

श्रावण ४ २०७९, बुधबार

काठमाडौं  । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले छानबिनका लागि थप समय माग्ने भएको छ ।

आज (बुधबार) बसेको समितिको बैठकले छानबिनका लागि  अझै केही व्यक्तिहरुको बयान लिन बाँकी नै रहेकाले ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

सभामुख अग्नि सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएका थिए ।

आज सिसिटिभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ भने फरेन्सिक ल्याबबाट सिसिटिभी रिकभर भएपश्चात् मात्रै समिति निष्कर्षमा पुग्न सम्भव हुने भएकाले समितिले सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको हो ।