काठमाडौं । नेपालको पासपोर्ट विश्वकै सातौं कमजोर पासपोर्टको रुपमा देखिएको छ। बेलायतको लण्डनस्थित हेन्ली एण्ड पार्टनर्सले जारी गरेको सूचीअनुसार सन् २०२२ मा नेपालको पासपोर्ट उत्तर कोरियाभन्दा पनि कमजोर देखिएको हो ।
विश्वका १९९ पासपोर्ट समावेश गरिएको सूचीअनुसार जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको हो । जापानको पासपोर्ट भएका मानिसले अगाडि नै भिसा जारी नगरी विश्वका १९३ गन्तव्यमा भ्रमण गर्न पाइन्छ ।
शक्तिशाली पासपोर्टको सूचीको दोस्रो स्थानमा सिंगापुर र दक्षिण कोरिया संयुक्त स्थानमा छन्।