• बैशाख २४ २०८३, बिहीबार

टोखा-छहरे सुरुङमार्ग बजेटबाट किन गायब ?

श्रावण ४ २०७९, बुधबार

काठमाडौं । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले टोखा–खहरे सुरुङ मार्गलाई बजेटमा समावेश नगरेकोमा सरकारसँग प्रश्न गरेका छन् ।

सांसद नारायणप्रसाद सो सुरुङ मार्गलाई किन बजेटबाट हटाएको हो ? सोवारे जवाफ दिनका लागि सरकारसँग माग गरेका छन ।

‘केपी ओली सरकारले प्राथमिकताका साथ समावेश गरेको टोखा–खहरे सुरुङ मार्गलाई यस पटकको बजेटमा समावेश गरिएको छैन,’ खतिवडाले प्रतिनिधिसभा बैठकमा भने, ‘के सरकार विकास विरोधी भएको हो ? यसको जवाफ सरकारले दिनुपर्छ ।’