• जेष्ठ २ २०८३, शनिबार

काठमाडौं मनमैजुबाट ९ जना जुवाडे पक्राउ

श्रावण ४ २०७९, बुधबार

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुबाट ९ जना जुवाडे पक्राउ परेका छन् ।

धादिङको खनियाबास गाउँपालिका–४ घर भएका ३९ वर्षीय अजय तामाङको टहरोमा जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सो टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले छापा मारेको थियो । जुवाखालबाट ७० हजार ३ सय रूपैयाँ नगद र ४ बुक तास बरामद गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।