• जेष्ठ २ २०८३, शनिबार

न्यायमा मनमौजी र विवादित फैसला गर्ने न्यायाधीश धमाधम कारबाहीमा

श्रावण ४ २०७९, बुधबार

काठमाडौं । फैसलामा कैफियत देखिएका न्यायाधीशमाथि धमाधम कारबाही गर्ने क्रम तिब्र भएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायमा मोलाहिजा गर्ने अर्का एक न्यायाधीशलाई मंगलबार सर्वोच्च तानेका छन् । बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई कामु प्रधानन्यायाधीश कार्कीले मंगलबार सर्वोच्च अदालत काजमा तानेका हुन् ।

पटकपटक कैफियत फैसला दिएको, कार्यक्षमताको अभाव रहेको र खराब आचरण देखिएको भन्दै अधिकारीविरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो । हालसालै गरिएको एक फैसलामा पनि कैफियत पाइएपछि उनलाई न्याय सम्पादनबाट बाहिर निकाल्न सर्वोच्च अदालत काजमा तानिएको सर्वोच्च स्रोतले बतायो ।

न्यायाधीश अधिकारीमाथि यसअघि महोत्तरी र सप्तरी जिल्ला अदालतमा रहँदा पनि न्यायिक विचलन र कार्यक्षमताको अभावमा छानबिन भएको थियो । सर्वोच्च अदालतका न्यायाधीश नै संलग्न रहेको छानबिन समितिले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । तर उनलाई कारबाही गर्नुको साटो प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले उन्मुक्ति दिएका थिए । साथै उनको बाँके जिल्ला अदालतमा सरुवा गरिएको थियो ।