काठमाडौं । दिउँसो सुदूरपश्चिमदेखि मधेस प्रदेशसम्म भारी वर्षाको सम्भावना रहेको छ । आज (मंगलबार) देशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त विभागका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको हिमाली, उच्च पहाडी तथा पहाडी भू–भागका अधिकांश स्थानमा र अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले प्रकाशन गरेको बुलेटिनमा उल्लेख छ ।