काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिएको छ ।
अभियानका संयोजक रहेका वामदेव गौतमले आज निर्वाचन आयोगमा दर्ताको निवेदन दिएको हो । निवेदनमा चुनाव चिह्नका लागि गुलाबको फूल प्रस्ताव गरिएको छ ।
पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले बताए अनुसार केन्द्रीय कमिटमा ७५ सदस्यीय रहेका छन् । हाल उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूको हस्ताक्षर गरेर निवेदन दिइएको हो ।