काठमाडौं । राष्ट्रिय एकता अभियानले चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ ।
मंगलबार सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा मन्त्री श्रेष्ठलाई अभियानका केन्द्रीय अध्यक्ष विनय यादवसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
चीन सरकारले दुई देशीय समन्वय नगरी गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा तारबार लगाएको समाचारहरूप्रति राष्ट्रिय एकता अभियानले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षणसमेत गराएको हो ।
सरकारबाट सिमा रक्षाका लागि गरिएको प्रयासहरूवाट अपेक्षित परिणाम हासिल हुनसक्दा नेपाली जनता पुनः दुखित र अधैर्य भएको अभियानले ज्ञापनपत्रमा उल्लेख गरेको छ । ‘हामी यस सरकारबाट सीमा अतिक्रमणबारे निर्णायक र कठोर कदम चालिने अपेक्षा राख्दै सरकारका हरेक कदमहरुमा अभियानको पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जनाउन यो ज्ञापनपत्र बुझाइएको अवगत गराउन चाहन्छौं ।´ ज्ञापनपत्रमा भनिएको छ,