• बैशाख २४ २०८३, बिहीबार

जनार्दन शर्मालाई छलफलका लागि बोलाइयो

श्रावण ३ २०७९, मंगलवार

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपमाथि छानबिन गर्न बनेको विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई छलफलका लागि बोलाएको छ ।

संसदीय विशेष समितिको मंगलबार बसेको बैठकले निवर्तमान अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गर्न  बुधबार बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।​​