• बैशाख २४ २०८३, बिहीबार

तत्कालीन नेकपा सचिवालयका पाँच नेताहरुबीच छलफल, गठबन्धन कायम राख्ने

श्रावण ३ २०७९, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको गठबन्धनबाट निर्माण गरिएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच फेरि पार्टी एकताबारे छलफल भएको छ ।

माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच छलफल भएको हो ।

‘यो गठबन्धन कायमै राखेर जानुपर्छ । कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर कुराकानी भइरहेको छ’, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘गठबन्धन कायम राख्ने, वामपन्थीहरु मिल्ने कुराकानी भएको छ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धन कायम राख्ने र यसका लागि वामपन्थीहरु मिल्ने कुराकानी भइरहेको बताए ।