• जेष्ठ २ २०८३, शनिबार

काठमाडौंमा निस्कियो लेदो र माटोको घरभन्दा अग्लो फोहोरा, ग्यास भएको अनुमान, (भिडियो सहित)

श्रावण ३ २०७९, मंगलवार

काठमाडौं । काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । पानी निकाल्नका लागि खाल्डो खन्नेक्रममा एक्कासी यसरी पानीको फोहोरा निस्किएको स्थानीयले बताए ।

यसरी निस्किएको लेदोको दृश्य हाल सामाजिक सञ्जाल तथा अनलाईन मिडियाहरुमा चर्चित भएको छ । यसलाई धेरैले ग्यास बताएका छन् । काठमाडौं उपत्यकामा ग्यासका खानीहरु धेरै स्थानमा रहेको अनुमान गरिंदै आएको छ ।

किर्तीपुर, त्रिपुरेश्वर, विजुली बजार र गोकर्ण लगायतका स्थानहरुमा यसअघि पनि ग्यास चुहिएर बगिरहेका समाचारहरु आइरहन्थे । आज जोरपाटीमा देखिएको यो फोहोरा वरपरका घरभन्दा पनि अग्लो देखिन्छ । यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ । हाल प्रहरीले सो इलाकालाई सिलबन्दी गरिसकेको छ ।

खानी तथा भूगर्भ विभागका कर्मचारीहरु त्यहाँ गएर अवलोकन गरिरहेका छन् । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । एक घण्टाअघि निस्किएको उक्त फोहोरा अहिले पनि निरन्तर छ ।

माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘एक घण्टा भयो विस्फोट भएको, निरन्तर छ, मैले स्थलगत हेरेर फर्किएँ’, उनले भने । थप अनुसन्धानका लागि खानी विभागका अधिकारीहरुलाई खबर गरेको जानकारी उनले दिए ।

@saanu197

काठमाडौ जोरपाटी स्थित बोरिङ खन्ने क्रममा यस्तो भएको अवस्था । खासमा के भएको होला यो?

♬ original sound – sanuvai8 – SANU

https://www.tiktok.com/@gsamnepal/video/7121944695399337242?_t=8U717fR388w&_r=1