काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा समयमै टायर नफेर्दा आजको लागि तोकिएको काठमाडौं-नयाँ दिल्ली उडान स्थगन रोकिएको छ। आज दिउँसो १:२५ मा हुनुपर्ने काठमाडौं-नयाँ दिल्ली उडान थियो ।
उडान रोकिँदा आउने र जानेगरी ४५० यात्रु अलपत्र परेका छन्। नियमित फेर्नुपर्ने टायर नफेर्दा यस्तो समस्या आएको एक प्राविधिकले जानकारी दिए । प्राविधिकका अनुसार सो उडान तालिका साँझ पाँच बजेका लागि सारिएको छ ।