काठमाडौं । सिन्धुपाल्चोकमा अपांगता भएकी बालिकामाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
बलात्कार आरोपमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ हलेगाभाका ५६ वर्षीय डम्बरबहादुर भुजेल पक्राउ परेका हुन् ।
भुजेलले अपांगता भएकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्ने जाहेरी आएपछि उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।