• बैशाख २४ २०८३, बिहीबार

आस्थाका आधारमा गिरफ्तार गरेका नेता कार्यकर्ता रिहाई गर: युवा जनस्वयंसेवक नेपाल

श्रावण २ २०७९, सोमबार

काठमाडौं । कन्चन नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत )निकट युवा जन स्वयंसेवक नेपालले आयोजना गरेको आस्थाका बन्दी रिहाई र झुठा मुद्दा खारेजीका लागि विरोध प्रदर्शन कार्यक्रम देशभर रूपमा सम्पन्न गरेको छ।

फरक राजनीति आस्था राखेकै भरमा त्यति बेलाका तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा समर्थित नेता कार्यकर्ता गिरफ्तार गरी जेल राखेर चरम यातना दिएको थियो । एकिकृत जन क्रान्तिको नाममा हाल विप्लवमा विचलन आएपछि बहुमत केन्द्रिय सदस्यले विप्लवलाई कारबाही गरेर त्यसको नेतृत्व अहिले धर्बेन्द्र बास्तोला कन्चनले गरेका छन् विप्लव आस्थाका बन्दी निकाल्न त्यति उदाशिन न देखिएको पक्राउ बन्दिप्रति इमानदार नभएकोले त्यसको जिम्मा नेकपा ( बहुमत)निकट युवा आफुहरुले लिनुपर्ने भन्दै उनी समर्थित युवाहरुले आज देशैभर एकीकृत रुपमा गिरफ्तार परेर जेल जिवन बिताएका आस्थाका बन्दीहरुलाइ यथाशिघ्र रिहाइको माग गर्न सुन्धारा स्थित जेलको गेटमा पुगि नारा जुलुस सहित धर्ना दिएका छन् । साथै बन्दिहरुलाई भेटघाट गरेर फलफूल समेत दिएको कार्यक्रमका अध्यक्ष हरिस भट्टले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा जनस्वयंसेवक नेपालका अध्यक्ष हरिस भट्टले आफुहरु त्यतिबेला बेला देश र जनताको लागि आन्दोलन गरिरहेको अवस्थामा फरक राजनीति आस्था राखेकै कारण कयौं साथीहरू राति सुतिरहेको अबस्थामा काम गरिरहेको बेला पठनपाठन गर्ने क्रममा पुलिस प्रशासन र सत्ताको मान्छे मिलेर जबर्जस्ती झोलामा पेस्तोल घुसारेर तिर्न नै नसक्ने गरि चर्को रूपमा धरौटी मागेको र जसो तसो गरि धरौटी तिरे पनि पटक-पटक हाम्रा नेता कार्यकर्तालाई फसाइ जबर्जस्ती जेल कोचेकोले यस्को यथाशीघ्र रिहाइ गर्न माग गरेका छन् ।

शान्तिपूर्ण कार्यक्रममा सरकार र जेल प्रशासनले बेवास्ता गरेर जबर्जस्ती हाम्रा कमरेडलाई हेप्ने यातना दिने जस्ता अमानवीय व्यवहार गरेकोमा युवा जन स्वयंसेवक नेपाल चुप लागेर न बस्ने यस्को प्रतिरोध गर्ने यसबाट उत्पन्न क्षतिको जिम्मेवारी स्वंय सरकार र जेल प्रशासनले लिनु पर्ने समेत जानकारी दिएका छन।