काठमाडौं । आज सोमबार बसेको न्याय परिषदको बैठकले दुई जना न्यायाधीशलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ ।
बैठकले उच्च अदालत दिपालयको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेश कुमार निधि र काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
परिषदको सिफारिस कायम मुकायम प्रधानन्यायाधीशले कार्यान्वयन गर्नेछन् । उनीहरुमाथि कार्यक्षमताको अभाव, खराब आचरण पुष्टि भएपछि बर्खास्तको सिफारिस भएको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए ।