• जेष्ठ २ २०८३, शनिबार

चोरी गरेको आरोपमा युवक पक्राउ

श्रावण २ २०७९, सोमबार

मोरङ । गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका १३ बस्ने १८ वर्षीय विवेक कामत रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले २ तोलाको मंगलसुत्र-१ थान, घाँटीमा लगाउने चेन, कानमा लगाउने झुम्का, औठी, तिलहरी, पाउजु र ४६ हजार नगद बरामद गरेको छ ।

पक्राउ परेको उनीमाथि चोरी कसूरमा ५ दिन म्‍याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।