• जेष्ठ २ २०८३, शनिबार

मनोज अधिकारीले ‘एम अधिकारी म होइन’ भनेको खुलासा भएपछि एस पोखरेल तनावमा !

श्रावण २ २०७९, सोमबार

काठमाडौं । एमालेको अर्थ विभागमा रहेका एम अधिकारीबारे एमाले महासचिव एस पोखरेल उर्फ शंकर पोखरेलले ‘काठमाडौंमा रहेका सञ्चारमाध्यमले अनावश्यक हल्ला चलाएको’ भन्ने अभिव्यक्ति दिएपछि एम अधिकारी नेपाल सरकारका गभर्नर महाप्रसाद अधिकारी नै भएको थप प्रमाण मिलेको छ ।

पर्यटकीय नगरी पोखरामा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेलले यस्तो बताएपछि गभर्नर महाप्रसाद अधिकारी एमालेका कार्यकर्ता भएको पुष्टि हुन गएको हो ।

पोखराको पत्रकार भेटघाटमा ‘एम अधिकारी को हो’ भनी प्रश्न उठेपछि महासचिव एस पोखरेलले रन्किएर एम अधिकारीको बचाउ गरेपछि उपस्थित पत्रकार हाँसेका थिए ।

‘एमालेले औपचारिक रूपमै विज्ञप्ति जारी गरिसकेपछि धारणा नै त्यही हो, यो गभर्नरमाथिको प्रयोजित आक्रमण हो । कुरा त बुझौँ न !’ भनेपछि पत्रकार भेटघाट थप रोमाञ्चक बन्न पुगेको थियो ।

नेपालमा पशुपक्षी बली दिनु परेमा ‘काल सार्ने’ भनेर ठूलाको छेउँमा साना पशुपक्षी लिएर भाकल गरी काल सारिन्छ । त्यसै गरी गभर्नर महाप्रसाद अधिकारीमाथिको शंका विराटनगरका मनोज अधिकारी माथि सार्न खोजेपछि सबै चकित भएका थिए ।

उता एमबाट नाम आउने मानिस दिनरात लगाएर एमालेले खोजेपछि विराटनगर बसोबास गर्ने मनोज अधिकारी नै एम अधिकारी भएको दाबी एमालेले गर्न थालेको थियो ।

एमालले प्रचार गरेका मनोज अधिकारीले ‘मलाई जानकारी छैन’ भनेपछि त झन् एम अधिकारी राष्ट्र वैंकमा भूमिगत रहेको खुल्न आएको छ ।
एमालेले एम अधिकारी दाबी गरेका विराटनगर निवासी मनोज अधिकारीले मलाई केही पनि जानकारी छैन भनी सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले महासचिव एस पोखरेलले उल्टै ‘मनोज अधिकारीले त्यसो भन्नुभयो होला भन्ने मलाई विश्वास लाग्दैन’ भनी कुरो टुंग्याएका थिए ।