काठमाडौं । साउने सक्रान्तिको अबसरमा मगर समूदायले काठमाडौंस्थित थानकोटको त्रिभूवन पार्कमा साउने सकराइ\उधेलि पर्व २०७९ भब्य रुपमा मनाएका छन् ।
मगर समुदायको धर्म संस्कृति र चाड पर्वहरुको जर्गेना गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष साउने सकराई\उधेलि पर्व मनाउदै आएको हो ।
साउने सकराइ\उधेलि पर्व कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वसभामुख ओनसरी घर्तीमगरले विगत दुई वर्षमा कोरोनाको कहरले यो पर्वलाई निरन्तरता दिन नपाइएको तर यस वर्ष भने साउने सकराई मनाउन पाउँदा खुसी लागेको बताइन् ।
मगर समाजको भाषा, धर्म, कला, संस्कृति, भेषभूषा संरक्षणका संरक्षक बमकुमारी बुढामगरको योगदान निकै महत्वपूर्ण भएको बताइन् । कार्यक्रममा बोल्दै पूर्वसभामूख घर्तिमगरले लुतो फाल्ने पर्वले छाला सम्बन्धी रोगका साथै कोरानाका नयाँ भेरियन्टहरु पनि सधैं भरिकै लागि हटोस् भन्ने कामना गरिन् । उनले आउने दिनहरुमा पनि यसरी नै आफ्ना मौलिक कला संस्कृति तथा परम्परालाई जगेर्ना गर्दै मनाउन पाउने आशा राखिन्।
उक्त कार्यक्रमका विशेष अतिथिद्वय संस्थापक अध्यक्ष तथा संरक्षक बमकुमारी बुढामगर र नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले पनि साउने सकाईको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी कार्यक्रममा सहभागी अतिथिहरुले पनि साउने सकराईको शुभकामना व्यक्त गरेका थिए।
अठार मगरात मगर प्रतिस्थापन लगाएत विभिन्न सघ सस्थाका ११ वटा सहआयोजकहरु अथार मगरात कलाकार संघ, तकसेरा समाज, लुगुम्याल समाज, प्रकृति पुजक मगर समाज काठमाडौं, भुमे समाज काठमाडौं, कोराल समाज काठमाडौं,नेपाल मगर संघ अर्घाखाची–काठमाडौं सम्पर्क समिति, नेपाल मगर संघ रोल्पा– काठमाडौं सम्पर्क समिति, नेपाल मगर संघ बाग्लुङ, रोल्पा थवाङगी समाज काठमाडौं, लुगुम्याल माईती चेली आमा समूह काठमाडौं लगायतको सहकार्य रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता अथार मगरात मगर प्रतिष्ठानका अध्यक्ष झविन्द्र पुन मगरले गरेका थिए ।
उक्त कार्यक्रममा संस्था हक हितका लामो समय काम गरेका व्यक्तित्वहरुलाई सम्म्मान समेत गरिएको थियो । त्यसैगरी रोटी अचार प्रतियोगितामा प्रथम स्थान हात पार्न सफल पार्वती बुढामगरल ८५ अंक प्राप्त गरेकी थिइन् भने दोस्रो स्थानमा मनमाया घर्ति मगर र तेस्रो स्थानमा त्रिपना मगरले हात पारेकी थिइन्।
उनीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा मौलिक पर्व राके सकरातीमा लुतो फाल्ने र आगो पानी भुमी पुजा दमा बाजा बन्द गर्ने गर्दछन भने सोही दिनदेखि मादल बाजा फुकाउने र नयाँ नाच पैस्यारु सिङगारु सरङ्या नाचको आरम्भ गर्ने चलन रहेको छ ।
कार्यक्रममा सरङङ्या,पैसयारु, भुम्या, जोरा नाच, रोटी अचार प्रतियोगिता लोक दोहरी, लुतो फाल्ने लगायतको कार्यक्रम सम्पन्न गरेको छ । साथै अठार मगरात सास्कृतिक संघका कलाकारहरुले आफ्नो कला प्रस्तुति गरेका थिए ।
साउन १ गते असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने जनविश्वास रहिआएको छ ।