• बैशाख २४ २०८३, बिहीबार

नवविर्चाचित उपसभामुख पुष्पा भुसालद्वारा पदभार ग्रहण

श्रावण १ २०७९, आईतवार

काठमाडौं । नवविर्चाचित उपसभामुख पुष्पा भुसालले पदभार ग्रहण गरेकी छन् । उपसभामुख भुसालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै सिंहदारबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गर्दै उनले संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । ‘उपसभामुख भएपछि जिम्मेवारी बढेको महसुस गरेको छु, संविधान कार्यान्वयनका लागि उपसभामुख पदबाट अपेक्षा इमान्दारीपूर्वक काम गर्नेछु’, पदभार ग्रहणका क्रममा उनले भनिन्, ‘चार महिना जति मेरो कार्यकाल छ, सदनलाई प्रभावकारी ढङ्गबाट बढाउन मद्दत गर्नेछु ।’

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले उपसभामुखमा नेपाली कांग्रेसकी सांसद भुसाललाई निर्वाचित गरेको थियो ।