• जेष्ठ ५ २०८१, शनिबार

आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गरिँदै

श्रावण १ २०७९, आईतवार

काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने भएको छ । यसका लागि महानगरले यसअघि नै तालिका सार्वजनिक गरिसकेको छ ।

कुहिने फोहोर आइतबार र बुधबार संकलन गर्ने र नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन गर्ने महानगरले जनाएको छ ।

तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका गर्नुपर्ने छ । महानगरले एक महिनाअघि नै सूचना जारी गरी फोहोर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।