• बैशाख २४ २०८३, बिहीबार

सरकारले अर्थतन्त्रका बारे श्वेतपत्र जारी गरेर जनता समक्ष सत्यतथ्य राख्नुपर्छ : कांग्रेस महामन्त्री शर्मा

असार ३२ २०७९, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले अर्थतन्त्रका बारे श्वेतपत्र जारी गरेर जनता समक्ष सत्यतथ्य राख्नुपर्ने बताएका छन् ।

केन्द्रीय कार्यसमितिको  शनिबारको बैठकमा महामन्त्री शर्माले सभापतिलाई खुसी पार्ने नाममा पार्टीभित्र आरोप प्रत्यारोपमा अर्थतन्त्रबारे सरकारले श्वेत पत्र जारी गरोस् भन्ने विषयमा एकातर्फ हामीले घरेलु जिवनलाई व्यवस्थित र सुदृढ गर्दै आगामी निर्वाचनको तयारी गर्नुछ, अर्को तर्फ के नेपाल श्रीलंका बन्दैछ? भन्ने मनोबैज्ञानिक त्रासलाई पनि चिर्नुछ। प्रमुख दलका रूपमा नेपाली काँग्रेसको कर्तव्य हो-जनतालाई ढाडस दिने, आशा जिवित राख्ने, विश्वासमा लिने उनले बताए ।

उनले भने, ‘यसकारण सरकारले आजको समग्र अर्थतन्त्रका बारे श्वेतपत्र जारी गरेर, जनता समक्ष सत्यतथ्य राख्नुपर्छ र जनतामा विश्वास जागृत गर्नुपर्दछ ।’