• बैशाख २४ २०८३, बिहीबार

हतियार किन्ने योजना पनि छैन, पैसा पनि छैन : गृहमन्त्री

असार ३२ २०७९, शनिबार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको योजना नरहेको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बोल्दै खाँणले हतियार किन्न पैसा नै नभएको बताए ।

‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो,’ गृहमन्त्री खाँणले भने, ‘हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन ।’

उनले हतियार किन्ने प्रक्रिया अघि नबढ्ने र हतियार नकिनिने पनि बताएका छन् ।