काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले सधैँ जनताप्रति उत्तरदायी र जिम्मेवार हुने बताएकी छन् ।
उपसभामुख पदमा आज निर्वाचित भएपछि उनले सञ्चारमाध्यमलाई आफुले संसदलाई जनमुखी बनाउन भूमिका निर्वाह गर्ने बताएकी हुन् ।
आज भएको उपसभामुखको निर्वाचनमा भुसाल १४८ मत ल्याएर विजयी भएकी हुन् । भुसालकी प्रतिस्पर्धी नेकपा (एमाले) का तर्फबाट विद्या भट्टराईले ९३ मत प्राप्त गरेकी थिइन् ।