• जेष्ठ १ २०८३, शुक्रबार

अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार किनिँदैन : प्रधानमन्त्री देउवा

असार ३० २०७९, बिहीबार

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले नेताहरु गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले केन्द्रीय समितिको जारी बैठकमा प्रहरीलाई किन्न लागेको हतियारका बारेमा उठाएका प्रश्नको जवाफ दिदै यस विषयमा गृह मन्त्रीलाई निर्देशन दिने बताए ।

`प्रहरीलाई हतियार किनिँदैन । अहिले आवश्यक पनि छैन । त्यो निर्णय होइन । त्यो हतियार अहिले किन्दैनौुं सभापति देउवाले बैठकमा भनेका थिए।

प्रहरीलाई हतियार किन्न भन्दै यसअघि बजेट रकमान्तर गरिएको थियो ।