• बैशाख २४ २०८३, बिहीबार

एमाले सांसद विद्या भट्टराईले दिइन् उपसभामुखमा उम्मेदवारी

असार ३० २०७९, बिहीबार

काठमाडौं । उपसभामुखको निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ ।

एमालेको तर्फबाट सांसद विद्या भट्टराईले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहेका छन् । यसअघि एमालेले लोसपाले उम्मेदवार उठाए समर्थन गर्ने जनाएको थियो ।